धरानका मेयर हर्क साम्पाङलाई लिङ्देनले घरमै पुगेर दिए बधाई - Epathivara

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सुनसरीको धरान उपमहानगरपालिका नवनिर्वाचित मेयर हर्कराज साम्पाङलाई शुभकामना दिएका छन्। शनिबार साम्पाङकै निवासमा पुगेर लिङ्देनले शुभकामना दिएका हुन् ।

 

सामाजिक सञ्जाल तस्वीर सार्वजनिक गर्दै लिङ्देनले लेखेका छन्, ‘नवनिर्वाचित मेयर हर्क साम्पाङ तपाईंलाई धेरै धेरैं शुभकामना। जनताले यस्तै शासक होइन जनताको सेवक साम्पाङ खोजिरहेको छ भन्ने सूचना दिनुभयो, धन्यवाद ।’ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा साम्पाङ स्वतन्त्रबाट उठेर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर