ताप्लेजुङबाट गणतन्त्र दिवसको अवसरमा ४ जना कैदीको सजाय मिनाहा - Epathivara

ताप्लेजुङ, जेठ १५ गते । गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङबाट ४ जना कैदीको सजाय मिनाहा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ताप्लेजुङका चार जना सहित देशैभर ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गर्नुभएको हो ।

 

गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन कैदीको कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ । कारागार कार्यालय ताप्लेजुङका प्रमुख कुलेन्द्र खवासका अनुसार यसपटक जिल्ला कारागारका चारजनाको कैद सजाय मिनाहा भएको छ । जसमा ५० प्रतिशत कैद भुक्तान गरेका ३ जना र ४० प्रतिशत कैद भुक्तान गरेका एकजना रहेकाछन् । सजाय मिनाहा पाउनेमा चाँगेका ५३ वर्षिय नरबहादुर साँवा रहेका छन् । उनलाई कर्तब्य ज्यान मूद्धामा २० वर्ष कैद सजाय तोकिएकोमा १० वर्ष एक महिना २४ दिन भुक्तान गरिसेका थिए । यस्तै सोहि मुद्धा २० वर्ष कैद सजाय तोकिएका थिङ्लाबुका ३३ वर्षिय पासाङ शेर्पाको बाँकी रहेको ७ वर्ष ३ महिना कैद मिनाहा गरिएको खबासल जानकारी दिनुभयो । उता डाका मुद्धामा ३ वर्ष कैद सजाय घोषित सान्थाक्राका २९ कमल शेर्पाको बाँकी १ वर्ष ३ महिना ८ दिन कैद मिनाहा गरिएको छ ।

 

यसैबीच ४० प्रतिशत कैद भुक्तान गरेका ६२ वर्षिय खड्ग सिरेङ लिम्बूले पनि कैद मिनाहा पाएकाछन् । कर्तव्य ज्यान मुद्धामा ५ वर्ष कैद सजाय तोकिएको उनको बाँकी रहेको २ वर्ष ६ महिना ९ दिन कैद सजाय मिनाहा गरिएको हो । उनीहरुलाई आईतबार छाडिने छ । २५ जना क्षमताका ताप्लेजुङ कारागारमा अब १ सय ४४ जना बाँकी रहेको कार्यालय प्रमुख खवासले जानकारी दिनुभयो । जसमा कैदि ८७ जना र थुनुवा ५७ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर