ताप्लेजुङको थेचम्बुमा भीरबाट लडेर वृद्धको ज्यान गयो - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ १४ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुमा भीरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।

 

मृत्यु हुनेमा ६७ बर्षिय जयप्रकाश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) कैलाश राईले जानकारी दिनुभयो । उहाँका अनुसार वृद्धको बाख्रा चराउने क्रममा भीरबाट लडेर निधन भएको हो । घटनाका विषयमा अुनसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस : 

सिकार खेल्न गएका वेला गोली लागेर मृत्यु

तुलसीपुर : दाङमा गोली लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जङ्गलमा सिकार खेल्न गएकामध्ये एकजनाको गोली लागेर शुक्रबार मृत्यु भएको प्रहरीले बताएको छ ।

 

गोली लागेर लमही नगरपालिका-१ का २३ वर्षीय कालुराम घर्ती मगरको मृत्यु भएको हो। शवलाई लमही अस्पतालमा राखिएको छ। उनको घाँटीमा गोली लागेको छ । घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ। लमही-१ निवासी २८ वर्षीय नीमबहादुर घर्ती मगर, ४० वर्षीय जीवलाल घर्ती मगर, २४ वर्षीय दिलबहादुर घर्ती मगर, २ जना नाबालक, ५५ वर्षीय ओमबहादुर घर्ती मगर, ३८ वर्षीय खगेन्द्र घर्ती मगर र ४० वर्षीय बुद्धिमान घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्दीप बेलवासेले जानकारी दिए ।

 

उनीहरूलाई अहिले वडा प्रहरी कार्यालय लमहीमा हिरासतमा राखिएको छ। घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर