पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ १३ गते । तेह्रथुमको आठराई गाउँपालिका ४ ईवामा श्री प्रणामी माद्यमिक विद्यालयको भवनको शिलान्यास गरिएको छ ।
कोरिया सरकारको ३ करोड सहयोग र आठराई गाउँपालिको ६० लाख लागतमा आगामी २ वर्षभित्र सम्पन्न हुने गरी शुक्रबार शिलान्यास गरिएको स्थानीय भुवन किशोर इङनामले जानकारी दिनुभयो । प्रदेश सभासदस्य तेजमान कन्दङवा, गाउँपालिकाका कार्यवाहक अध्यक्ष बलिराज इङनाम, अम हङगिल ह्युमन फाउण्डेशनका क्याप्टेन अम हङगिल, विद्यागलय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरे, प्रध्यानाध्यापक अमृत बुढाथोकीले संयूक्त रुपमा शिलान्यास गर्नु भएको इङनामले बताउनुभयो । नव निर्मित भवन १८ कोठे हुने बताइएको छ । कार्यक्रममा आठराई गाउँपालिकाक ७ ओटै वडाका वडाध्यक्ष स्थानीय लगायतको उपस्थिति रहेको थियो ।