धनगढी – कैलालीमा २५ लाख भन्दाबढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका– ४ सुन्दरपुर दुर्गा चलाउनेको घरनजिक खेतमा र घोडाघोडी नगरपालिका–८ का लालबहादुर थापाको घरनजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद गरिएको हो ।
भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र सुन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।