पाँचथरको फाल्गुनन्दका अध्यक्ष आङदेम्बेको घोषणा : बिपन्न नागरिकको निशूल्क स्वास्थ्य बिमा गर्ने - Epathivara

पाँचथर, जेठ १३ गते । फाल्गुनन्द गाँउपालिकाका नवनिर्बाचित अध्यक्ष बृजहाङ आङ्देम्बेको अध्यक्षतामा बसेको पहिलो बैठकले बिपन्न नागरिकको निशूल्क स्वास्थ्य बिमा गर्ने र पहिरो पीडिलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

 

वडा कार्यालयबाट सिफारिश भएर आएका ३० घर बिपन्न परिवारको तत्काल स्वास्थ्य बिम गरिने अध्यक्ष आङ्देम्बेले बताए । ‘स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनेछौँ,’ उनले भने ‘मानव स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो ।’

पहिलो बैठकले बाढी पहिरोबाट बिस्थापित भएका परिवारलाई राहत प्रदान गर्ने समेत निर्णय गरेको छ । ‘बिगतमा राहत नपाएका तथा पाएर पनि थप राहत आवश्यक परेका परिवारलाई राहत प्रदान गर्ने तयारी हो,’ उनले भने ‘हरेक नागरिकको गाँस र बासको लागि हामी काम गर्नेछौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय