तेह्रथुम । छथर गाउँकार्यपालिकाकाे प्रथम बैठक बिहिवार सम्पन्न भएको छ । बैठकले गाउँपालिकामा बसाेबास गर्ने भुमिहिन र सुकुम्बासीहरूलाई नि:शुल्क जग्गा प्रदान गर्ने निर्णय गरेको छ ।
अव्यवस्थित बजार र उत्पादनमा आधारित भाेगचलनमा रहेका जग्गाहरूलाई भाेगचलनकाे निस्सा वितरण गर्ने निर्णय भएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । गाउँपालिकामा भुमिहिन १८ घर र भाेगचलनमा रहेका ७ सय घरधुरीकाे जग्गा रहेको बताइएको छ । गाउँपालिकाले १ घर १ खानेपानी धारा अभिायनका लागी यहि महिनादेखि वडा नं. ५ र ६ मा ढाँडखाेला खानेपानी संचालन गर्ने र वडा नं. २, ३ र ४ मा तेलिया खानेपानी पुरा गर्ने, डङ्डङ्गे खानेपानी मुल थप गर्ने, शुक्रवारे बजारकाे लागी नयाँ याेजना संचालन गर्ने, दिर्घकालिनका लागी तमाेर लिफ्टीङ्ग, लम्बु तेलिया शाैर्य लिफ्लिङ्ग पहल गर्ने र आकस्मिक प्रयाेजनका लागी डिवबाेरिङ्ग चालु अवस्थामा राख्ने निर्णय गरेको छ ।
कार्यपालिका, गाउँसभा सदस्यहरूले ओैपचारीक सभा बैठकमा अनिवार्य दाैरा सुरूवाल, साडी चाेलाे तथा जातिय पोशाक लगाउने समेत निर्णय भएको गाउँ पालिका अध्यक्ष लिम्बूले बताए । गाउँपालिकाकाे प्रशासनिक भवन निर्माणका लागी डिपिआर तयार गरी निर्माणमा पहल गर्ने र गाउँपालिकामा संचालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आईतवार पनि नियमित पठनपाठन गर्ने गराउने निर्णय भएको छ । त्यस्तै स्थानिय तह निर्वाचन सम्पन्न गर्न गराउन भुमिका खेल्ने सबै राजनितिक दल, मतदाता, राष्ट्रसेवक कर्मचारी, शिक्षक, मतदान केन्द्र कर्मचारी, निर्वाचन कर्मचारी, शुरक्षा निकाय, नागरीक समाज, पत्रकार, पर्यवेक्षक, म्यादी प्रहरी, समर्थक, सुभेच्छुक सबैमा गाउँपालिकाले धन्यवाद ज्ञापन समेत गरेको छ ।