कश्मीरी महिलाहरू पशुचिकित्सा पेसाप्रति आकर्षित हुँदै - Epathivara

काठमाडौं- भारत प्रशासित कश्मीरमा महिलाहरू पशुचिकित्सा क्षेत्रतर्फ आकर्षित हुन थालेका छन् ।

पुरुषप्रधान पेसाको रुपमा रहेपनि पछिल्लो समय महिलाहरू यस पेसातर्फ आकर्षित हुन थालेको कश्मीरबाट प्रकाशित हुने ग्रेटर कश्मीर अनलाइनले जनाएको छ ।

डाक्टर राफिया मकबुल यस्तै पशुचिकित्सक महिला हुन् । उनका अनुसार उनका पिता पनि पशुचिकित्सक थिए । ‘मलाई यही क्षेत्र मनपर्छ ।’ उनले ग्रेटर कश्मीरसँग भनिन् ।

यद्यपि शोध तथा अनुसन्धानमा रुचि राख्ने उनले यही काम गर्छु भन्ने सोचेकी थिइनन् । ‘मेरो काम हरेक बिहान कलम चलाउने हो ।

यदि मैले केही समस्या देखेँ भने भेडा समातेर सक्नेजति उपचार गर्छु । यहाँ मानिसहरु बिरामी पशु लिएर तपाई भएको ठाउँ आउँदैनन्, तपाईं उनीहरूको गोठमा पुग्नुपर्छ ।’ उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर