सुन–चाँदीको भाउ आज कति पुग्यो ? - Epathivara

सुनचाँदीको मूल्यमा घटबढ हुने क्रम जारी रहेको छ । जेठ १२ गते, बिहीबार सुनचाँदीको मूल्य गिरावट भएको छ । यस दिन सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा झरेको छ ।

बुधबार भने सुन महंगिएको थियो। त्यस दिन सुन तोलामा २०० रुपैयाँले बढ्दा प्रतितोला ९८ हजार २०० रुपैयाँ पुगेको थियो ।

बिहीबार चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २७० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी पाँच रुपैयाँले वृद्धि हुँदा प्रतितोला एक हजार २७० रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय