वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरिने मैवाखोलाका अध्यक्ष वनेमको घोषणा - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ ११ गते । सामाजिक सुरक्षाभत्ता प्रत्येक वडाबाट नै बितरण गरिने ताप्लेजुङका मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले घोषणा गर्नुभएको छ ।

 

वृद्धवृद्धालाई पालिकाको केन्द्रसम्म आवतजावत गर्दा समस्या हुने भएकाले प्रत्येक वडाबाट नै सामाजिक सुरक्षाभत्ता वितरणको व्यवस्था गरिन लागिएको अध्यक्ष वनेमले बताउनुभयो । यस्तै अध्यक्ष वनेमले प्रत्येक महिनाको एक पटक ज्येष्ठ नागरिक अशक्त, अपाङ्ग र गर्भवती महिलालाई घरैमा स्वास्थकर्मी पठाएर निशुल्क प्राथमिक स्वास्थ्य परीक्षण गराउने निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।

त्यस्तै ३ बर्ष भित्रमा गाउँपालिकाको हरेक वडाबाट पालिकाको केन्द्र र पालिकाको केन्द्र देखि सदरमुकामसम्म जोड्ने सडकहरुको स्तरोन्नति तथा ग्राभेल सम्पन्न गर्ने निर्णय समेत भएको अध्यक्ष वनेमले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय