आउँदो मनसुनमा बाढीपहिरोबाट १७ लाखभन्दा बढी प्रभावित हुने, कुन क्षेत्र अति जोखिममा ? - Epathivara

काठमाडौँ, जेठ १० गते । आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपत्बाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

 

गृह मन्त्रालयको संयोजन र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा बनेको प्रतिकार्य योजनाले अनुमानित क्षति र प्रभावलाई कम गर्नेगरी तयारी गरेको छ । यस पटक पहाड र हिमालभन्दा पनि तराईमा बढी वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। सोहीअनुसार तराई भेगमा रहेको अत्यधिक जनसङ्ख्या बाढी र डुबानको चपेटामा पर्ने अनुमान गरिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताए ।

उहाँका अनुसार प्राधिकरणले सबै सरोकारवाला निकायसँगको समन्वयमा तयार पारेको मनसुन प्रतिकार्य योजना कार्यकारी समितिले पारित गर्न बाँकी छ । स्थानीय निर्वाचन र अन्य कार्यालय कामको व्यस्तताका कारण समितिको बैठक बस्न सकेको छैन ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर