काठमाडौं : काठमाडौंको भोटेबहालमा आगलागी भएको छ ।
भोटेबहालबाट टेकु जाने बाटोको विद्युतीय सामग्री बिक्री एक पसलमा आगलागी भएको हो । आगलागीको जानकारी आएसँगै प्रहरी टोली घटना स्थलमा पुगको काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रवक्त सन्तोष सिंह राठौरले बताए । आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाबाट दमकल पुगेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।