पालिका भर विजुली निशुल्क उपलब्ध गराउने आठराई त्रिवेणी अध्यक्ष पोमुको घोषणा - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमूले पालिका भरिका नागरिकलाई विद्युत महशुल छुट गर्ने घोषणा गर्नुभएको छ ।

 

सोमवार पदभार ग्रहण गर्दे उहाँले आगामी आर्थिकवर्षबाट यो कार्यक्रम लागु गर्ने निर्णय गर्नुभएको हो । पालीका भित्रका नागरिकले सामान्य विजुलीको विल तिर्नको लागि जिल्ला सदरमुकाम फुङलिङ आउनु पर्ने वाध्यता रहेको भन्दै त्यसवाट छुटकारा गराउन यस्तो निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै विद्युतिकरण हुन बाँकी रहेको गाउँमा पनि चाँडै विधुत पु¥याउने बताउनुभयो । ‘गाउँपालिका भित्रका नागरिकले न्युनतम विधुत महसुल तिर्न पनि सदरमुकामसम्म पुग्नुपर्ने वाध्यता छ ।’ अध्यक्ष पोमूले भन्नुभयो– ‘करिव २ हजार २ सय घरदुरी रहेको यो गाउँपालिकालाई उज्यालो पालिका बनाउने योजना रहेको छ ।’ अध्यक्ष पोमूका अनुसार सरकारी कार्यालय, उद्योग र संघसंस्था बाहेकको विद्युत महशुल छुट हुनेछ ।

 

अध्यक्ष पोमू र उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले सोमबार पदभार ग्रहण गर्नुभएको छ । ‘चालू आर्थिक वर्षभित्रै यसका बारेमा प्राविधिक अध्ययन गरी आगामी आवबाट लागु हुने गरी पालिकाभरीका जनतालाई विद्युत महशुल छुट दिने पहिलो निर्णय भएको छ,’ अध्यक्ष पोमूले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय