ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ ९ गते । ताप्लेजुङको फुङलिङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत भेटिएकी छन् । फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीय शर्मिला भट्टराई मृत भेटिएकी जिल्ला प्रहरी कार्र्यालय ताप्लेजुङले जनाएको छ ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धाका अनुसार उनको भीरबाट लडेर निधन भएको हो । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी बेलुका साँझसम्म नफर्किएपछि परिवार खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि सशंकित उनीहरुले खोजी गर्ने क्रममा राति १० बजेतिर मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयले जनाएका छन् । उनको शव अहिले बिहान करिब साढे ११ बजे जिल्ला अस्पताल ताप्लेजुङ ल्याईपु¥याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर