काठमाण्डाै – हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेको छ ।
सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको छ । अस्ति पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदी अस्ति जस्तै आज पनि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।