मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु - Epathivara

हेटाैंडा । हेटाैंडा-काठमाडौं सडक खण्डमा भएकाे गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

 

हेटाैंडाबाट काठमाडौं जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -२ सिमखाेलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ओभर स्पिडका कारण गाडी सडकमै पल्टिएको छ । गाडी सडकमा पल्टिए पनि यात्रु पुलमुनि सिमखाेलामा खसेकाे प्रहरीले जनाएकाे छ ।

 

घाइते मध्य २ जनालाई उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पठाइएकाे छ भने ५ जना हेटाैंडा अस्सपताल पठाइएकाे प्रहरीले जनाएकाे छ । उपचारका लागि पठाएकामध्ये ३ जनाकाे हेटाैंडामा र एककाे काठमाडौंमा मृत्यु भएकाे प्रहरीले जनाएको छ । मृतककाे सनाखत हुन नसकेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय