दैलेख : वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै भैरवी गाउँपालिका ४ को वडाध्यक्षमा निर्वाचित चक्रप्रसाद शर्मा एमालेमा फर्किएका छन् ।
वडाध्यक्ष शर्माले आज (शनिवार) विज्ञप्ति जारी गर्दै स्थानीय तहको चुनावताका वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएको र आफुले लामो योगदान गरेकोे पार्टी एमालेमा फर्किएको उल्लेख गरेका छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका शर्माले ५८० मत ल्याउँदै गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा निर्वाचित भएका थिए । शर्माका निकटत्म प्रतिद्वन्द्वी काँग्रेसका कलमबहादुर थापा ४३८ मत ल्याउँदै पराजित भएका थिए ।
एमाले भैरवी गाउँपालिका कमिटीका अध्यक्ष वीरेन्द्र शाहीले स्वतन्त्र वडाध्यक्ष जितेका शर्मा एमालेमा फर्किएको बताएका छन् ।