हावाहुरीले तीनजनाको मृत्यु, एक घाइते - Epathivara

चितवन : हावाहुरीका कारण तीनजनाको मृत्यु भएको छ। फरकफरक ठाउँमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो ।

 

भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको मृत्यु भएको हो । यस्तै भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन् । रुख ढलेर अटोलाई थिचेको जानकारी दिए। घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो ।

हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुख र पोल ढलेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय