ताप्लेजुङको पाथीभरा दर्शनमा आएका एक भक्तजनको निधन - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ ६ गते । पाथीभरा दर्शनका लागि दाङबाट आएका एक भक्तालुजनको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिकाका ६४ वर्षीय हरीप्रसाद घिमिरे रहेका छन् । उनको बिहीबार निधन भएको हो । मृतकको परिवारका अनुसार माथिल्लो फेदीमा पुगेपछि घिमिरेलाई अस्वस्थ्य महसुस भएको थियो । अस्वस्थ्य महसुस भएर बेहोस भएका घिमिरेलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए ।

परिवारसँगै दर्शनका लागि आएका घिमिरेलाई उनकै गृहजिल्ला पठाईसकिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिनुभयो ।

 

यो पनि पढ्नुहोस

नवनिर्वाचित वडा सदस्यको निधन
सप्तरी : राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए । उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए। उनी गएराति खाना खाएर सुतेका थिए ।

 

बुधबार साँझ आएको मतपरिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए । उनलेवडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय