पाँचथरका सात पालिका प्रमुखले लिए सपथ - Epathivara

पाँचथर । पाँचथर जिल्लाको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

 

जिल्लाको ८ स्थानीय तहमध्ये ७ स्थानीय तहकोस्थानीय तहको प्रमुखले सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश योगेन्द्र प्रसाद शाहाले सपथ ग्रहण गराएका थिए । शाहाले फिदिम नगरपालिका मेयर मित्र प्रसाद काफ्ले, हिलिहाङ गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारी, फालेलुङका अध्यक्ष विरबिक्रम थाम्सुहाङ,कुम्मायकका अध्यक्ष बम लावती, , मिक्लाजुङका अमरराज माखिम, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे र तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का लाई सपथ ग्रहण गराएका हुन् ।

 

याङवरक गाउँपालिकाका अध्यक्ष भिमबहादुर योङया भने सफथमा उपस्थित हुन् सकेन्न ।  साथै फिदिम नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पनिपद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनिहरुलाइ फिदिम नगरपालिका मेयर मित्र प्रसाद काफ्ले सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय