काठमाण्डाै मेयरमा बालेनलाई १३ हजार मतकाे अग्रता - Epathivara

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १२ हजार ६ सय ८८ मतकाे अग्रता लिइरहनुभएकाे छ ।

 

अहिलेसम्म ७७ हजार चार सय ८७ मतगणना हुँदा साहले २८ हजार ६ सय ७९ मत प्राप्त गर्नुभएकाे छ । एमालेका उम्मेदवार केशव स्थापितले १५ हजार ६ सय चार मत प्राप्त गर्नुभएकाे छ । अहिले साह स्थापित भन्दा १३ हजार ७५ मतले अघि हुनुहुन्छ ।

 

यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्राे स्थानमा यथावत् हुनुहुन्छ । उहाँले अहिलेसम्म १४ हजार सात सय ३८ मत ल्याउनुभएको छ । उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । डंगाेलले २८ हजार सात सय ९२ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले नाै हजार दुई सय ९९ मत प्राप्त गर्नुभएकाे छ । डंगाेल श्रेष्ठ भन्दा १९ हजार चार सय ९३ मतले अघि हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर