ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु - Epathivara

झापा । ट्रकको ठक्करबाट झापामा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड–२ स्थित रामचोक नजिकै ट्रकको ठक्करबाट बिर्तामोड–४ का ५२ वर्षीय टंक काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको ले जनाएको छ । प्रदेश–१–१०–००१ ख ३५९४ नम्बरको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि बिर्ता सिटी अस्पताल पु¥याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय