ताप्लेजुङमा पाँचजना महिला उपाध्यक्षमा निर्वाचित - Epathivara

ताप्लेजुङ – ताप्लेजुङमा विभिन्न दलका तर्फबाट उम्मेदवार बनेका पाँचजना महिला उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । यही बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट उक्त सङ्ख्यामा महिला उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

 

उपाध्यक्ष पदमा निर्वाचित हुने फुङ्लिङ नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी भीमादेवी ओझा निर्वाचित हुनुभएको छ । यस्तै सिदिङ्वा गाउँपालिकाको उपाध्यक्षमा कृष्णकुमारी कडरिया (बन्दना) निर्वाचित हुनुभएको छ । कडरिया नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपाध्यक्ष उम्मेदवार बन्नुभएको थियो ।

 

यसैगरी पाथीभरा याङ्वरक गाउँपालिकामा रनमाया गुरुङ र आठराई त्रिबेणी गाउँपालिकामा शान्ताकुमारी आङ्बुहाङ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गुरुङ र आङ्बुहाङ दुवैजना एमालेको तर्फबाट उपाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । मैवाखोला गाउँपालिकामा नेपाली काँग्रेसकी कमलकुमारी लिम्बू उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । बाँकी सबै प्रमुख पदमा पुरुष निर्वाचित हुनुभएको छ । प्रत्येक स्थानीय तहमा प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि चुनावी गठबन्धन र तालमेलका कारण महिलाहरु उम्मेदवार बन्न नै बञ्चित हुनुपरेको थियो । ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिकासमेत नौवटा स्थानीय तह रहेको छ । eujyalopost

प्रतिक्रिया

सम्बन्धित खवर