काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन शाहको परिवारमा पुत्री लाभ भएको छ ।
महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहको दाई कौशल साह र भाउजु शिला बास्तोलालाई बिहीबार पुत्री लाभ भएको हो । बालेनले मतगणनामा अग्रता लिइरहँदा परिवारमा पुत्री लाभ हुनुलाई शुभ संकेतका रूपमा हेरिएको छ ।
(यसअघि यहि लिंकमा प्रकाशित समाचार श्रोतलाई विश्वास गर्दा भुलवश गलत हुन गएकाले सच्याइएको छ ।) Imagekhabar