काठमाडौँ – आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो बुधबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो बुधबारको तुलनामा आज विहिबार सुको मुल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ रहेको छ ।
हिजो प्रतितोला ९०० रुपैयाँले बढेको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।