ताप्लेजुङका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान (फोटो फिचर) - Epathivara

ताप्लेजुङ । फुडलिङ सहित मैवाखोला सिदिङवा लगायतका गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिलाई आज निर्वाचित प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरूलाई सपथग्रहण भने पर्सि गराउने मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो ।

राउतका अनुसार प्रमुखलाई मुख्य निर्वाचन अधिकृत र उपाध्यक्ष वडाध्यक्ष र सदस्यहरूलाई प्रमुख र अध्यक्षले सपथ गराउने कानुनी व्यवस्था रहेको छ । फुङलिङका जनप्रतिनिधिलाई राउतले प्रमाणपत्र वितरण गर्नुभयो । सामुदायिक भवनमा आयोजित कार्यक्रममा काग्रेस माओवादी र नेकपा एसका जनप्रतिनिधी सहभागी थिए ।

एमालेको विजय जुलुस जुधेकाले उनीहरूलाई अदालतवाट दिइने भएको छ । सपथ ग्रहणपछि कार्यपालिका गठन प्रकृया सुरु हुने भएको छ । कार्यपालिका गठन पछि जिल्ला समन्वय समिति गठन प्रकृया सुरुहुने भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय