फिदिम नगरपालिकाको मेयरमा काफ्ले र उपमेयर न्यौपाने विजयी - Epathivara

पाँचथर । पाँचथरकाे एकमात्र नगरपालिका फिदिम नगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयर मा नेकपा माओवादीका राधाकृष्ण न्याैपाने विजयी भएका छ ।

मेयरमा काफ्लेले नेकपा एमालेका पृथ्वी लावती लाई ५ सय ७५ मतले पराजित गरे । काफ्लेले ९ हजार ८ सय ५५ मत प्राप्त गर्दा लावतीले मत ९ हजार २सय ८० प्राप्त गरे ।

उपमेयरमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्याैपानेले एमाले,राप्रपा गठबन्धनका जगत थापा मगर लाई पराजित गरे । न्याैपानेले ९ हजार ३६ मत प्राप्त गर्दा थापाले ५ हजार ६सय ३४ मत प्राप्त गरे । फिदिम नगरपालिका २०७४ मा कांग्रेसले मेयर ,उपमेयर जितेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय