फिदिम । पाँचथरको तुम्बेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस सहितको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका बावुराम खड्का उक्त गाउँपालिकाको अध्यक्ष र माओवादी केन्द्रका खड्गसुन्दर सम्बाहाम्फे उपाध्यक्ष विजयी हुनुभएको हो । अध्यक्ष पदमा खड्का दुई हजार ७१८ मत पाई विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गोविन्दबहादुर तामाङले दुई हजार ३११ म्त प्राप्त गर्नुभयो ।
उक्त गाउँपालिकाको उपाध्यक्षमा सम्बाहाम्फे दुई हजार ७०८ मत पाई विजयी हुँदा प्रतिद्वन्द्वी नेकपा (एमाले)का नन्दकुमारी विश्वकर्माले दुई हजार नौ मत प्राप्त गर्नुभयो । उक्त वडाको वडा नं. २ को वडाध्यक्ष सहित कूल छ सदस्य एमालेले जितेको छ भने पाँच वटा वडा रहेको गाउँपालिकाका अन्य सबै पदमा गठबन्धन विजयी भएको छ । उक्त गाउँपालिकामा अघिल्लो पटक पनि काँग्रेस विजयी भएको थियो ।