इलामको इलाम नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस विजयी - Epathivara

काठमाण्डौं– इलामको इलाम नगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केदार थापा १३ हजार एक सय ६५ मतसहित विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का धिरेनकुमार चेम्जोङको १० हजार ५ सय ८७ मत छ ।

 

यस्तै उपप्रमुखमा पनि कांग्रेसकै विष्णुकुमारी लिम्बु विजयी हुनु भएको छ । उहाँले १३ हजार ५ सय ४२ मत प्राप्त गर्नु भएको छ भने एमालेकी सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गर्नु भएको छ । १२ वटा वडा रहेको इलाम नगरपालिकाको ९ वटा वडाको वडाध्यक्षमा कांग्रेस र ३ वटा वडामा एमालेले जितेको छ । यसअघि २०७४ सालको चुनावमा भने प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर