तेह्रथुम, आठराई गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर लिम्बु वडा सदस्यमा पराजित भएका छन् ।
५ वर्ष गाउँपालिका हाँकेका लिम्बू कार्यकाल पूरा भएपछि आफ्नै घर पर्ने वडा ७ थोक्लुबाट खुला वडा सदस्यका उम्मेदवार बनेका थिए । तर उनी पराजित हुन पुगेका हुन् । उनी स्थानीय तह निर्वाचन २०७४ मा ३ हजार ८ सय ७४ मत ल्याएर नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
नेकपा (एमाले) परित्याग गरि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका उनले वडा सदस्य जितेर जिल्ला समन्वय समितिमा जाने सपना अपेक्षा राखेका थिए । तर उनको उक्त चाहना अपुरो भएको छ । पराजित लिम्बूलिम्बुले वडा सदस्यको प्रतिस्पर्धामा ३ सय ३९ मत प्राप्त गरेका छन् ।