ताप्लेजुङको फुङलिङमा टयाक्टर दुर्घटना, ४ जना घाईते - Epathivara

कृष्ण फुरुम्वो लिम्बू
ताप्लेजुङ, जेठ ३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ बतासेमा टयाक्टर दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।

 

घाईते हुनेमा फुङलिङ नगरपालिका ११ का १८ वर्षीय प्रकाश बुढाथोकी, सोही ठाउँका २२ वर्षीय विकास लिम्बू, सिरीजंघा गाउँपालिका ३ का ६१ वर्षीय पुर्णहाङ लिम्बू र सोही क्षेत्रका २१ वर्षीय सिपन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घाईतेमध्ये पुर्णहाङलाई थप उपचारका लागि जिल्ला बाहिरको सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ ।

 

आज दिउँसो करिब ३ बजेर २० मिनेटमा ना ६ त ४७४३ नम्बरको टयाक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । टयाक्टर करिब सडकबाट २० देखि २५ मिटर तल झरेको प्रहरीले बताएको छ । फरार रहेका टयाक्टर चालकको खोजी भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर