पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । पाथीभरा याङवरक गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केशर कुमार सुब्बा विजयी हुनु भएको छ । उहाँले गठबन्धन तर्फका कांग्रेसका उम्मेद्वारराम थेवेलाई २४ मत अन्तरले पराजित गर्नु भएको हो । सुब्बाले २ हजार ८ सय र थेवेले २ हजार ८ सय ७४ मत ल्याउनु भएको थियो ।
यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेकै रनमाया गुरुङ विजयी हुनु भएको छ । उहाँले गठबन्धन तर्फका माओवादीका उमेद्वार कुमार लिम्बूलाई भारी मतले पराजित गर्दै विजय हासिल गर्नु भएको हो । गुरुङले ३ हजार १ सय ८६ र लिम्बुले १ हजार ७ सय ९१ मत प्राप्त गर्नुभएको थियो । उहाँहरुबीचको मतान्तर १ हजार ३ सय ९५ रहेको छ ।