चट्याङ लागेर एकको मृत्यु - Epathivara

झापा । झापाको हल्दिवारीमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

 

आइतबार राति हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण हल्दिवारी गाउँपालिका–२ राई टोलका २६ वर्षीय भेना हस्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नाायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । आइतबार राति शौचालय जान घरबाट बाहिर निस्किएका उनलाई वर्षासँगै परेको चट्याङले लागेको र घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर