एमाले उम्मेदवारले विजय जुलुस निकालिरहेको बेला हारेको घोषणा भएपछि…. - Epathivara

बर्दिया । बर्दियाको गुलरियामा एक जना उम्मेदवारले निर्वाचित भएको घोषणा पछि विजय जुलुस निकालिरहेको बेला उनी पराजित भएको नतिजा सार्वजनिक भएको छ ।

 

निर्वाचन आयोगका कर्मचारीले गुलरिया नगरपालिका वडा नं. ४ मा एमाले उम्मेदवार अजमेर अलि नाउ खुला सदस्यमा निर्वाचित भएको घोषणा गरेका थिए । नाउ आफ्ना समर्थक सहित विजय जुलुसमा सहभागी भइरहेको बेला पुनः परिणाम सच्याएर कांग्रेसका उम्मेदवार इस्राइल बेहना निर्वाचित भएको घोषणा गरिएको थियो । त्यसपछि एमाले कार्यकर्ताहरुको विजय जुलुस विरोधमा परिणत भएको थियो ।

 

मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले कम्प्युटरमा इन्ट्री गर्दा प्राविधिक त्रुटि भएकाले सच्याउनु परेको बताए । ‘थोरै कर्मचारी रात–दिन काममा खटिंदा डाटा रुजु गर्ने बेला तलमाथि हुन पुगेछ,’ कुँवरले  भने ।  आयोग कर्मचारी स्रोतका अनुसार एमाले उम्मेदवार अजमेर अलि नाउले ११३८ मत पाएका थिए । कांग्रेसका इस्राइल बेहनाले ११०० मत पाएका थिए ।

 

तर इस्राइलले पाएको ४६ मत जोड्न भुलेपछि अजमेर अलि नाउलाई निर्वाचित भएको घोषणा गरिएको थियो । तर पछि रुजु गर्दा इस्राइलले पाएको मत ११४६ मत भयो । त्यसपछि अजमेर निर्वाचित भएको घोषणालाई सच्याएर इस्राइल निर्वाचित भएको घोषणा गरिएको थियो । निर्वाचन आयोगको वेबसाइटमा भने सोमबार साँझ साढे ५ बजेसम्म पनि एमालेका अजमेर र कांग्रेसका इस्राइल दुवै वडा सदस्यहरु निर्वाचित भएको उल्लेख छ । वडा ४ मा नेपाली कांग्रेसका सरेश गौतम निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर