तेह्रथुमको लालीगुराँसमा बहुमत सहित कांग्रेसका माबोहाङ विजयी - Epathivara

तेह्रथुम — लालीगुराँस नगरपालिकामा बहुमत सहित नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा कांग्रेसका उम्मेदवार अर्जुन माबोहाङ ५ हजार १ सय ३९ मत प्राप्त गरी विजयी भएका हुन् । माबोहाङले प्रतिद्धन्द्वी नेकपा एकालेका उम्मेदवार गणेश सेनेलाई १ हजार ७ सय ९५ मत अन्तरले पछि जित हात पारेका हुन् । सेनेले ३ हजार ३ सय ४४ मात्र मत प्राप्त गरे । विजयी माबोहाङ निवर्तमान नगर प्रमुख हुन् ।

 

नगर उपप्रमुख पदमा पनि नेपाली कांग्रेसकी जमुना मगर कार्की ४ हजार ८ सय ८७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनी प्रतिद्धन्द्वी नेकपा एमालेका उम्मेदवार छवीमाया तिम्सीनालाई १ हजार २ सय ९३ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् । विजयी मगर अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेकोतर्फ बाट नगर उपप्रमुख पदमा पराजीत भएकी थिइन् । केही समयपछि मगर एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेकी हुन् ।

 

कांग्रेसले लालीगुराँस नगरपालिकाको २, ३, ४, ७, ८ र ९ नम्बर वडामा विजय हासील गरेको छ । त्यस्तै एमालेले १ र ६ नम्वर वडा र ५ नम्वर वडामा एमालेको सहयोगमा स्वतन्त्रका उम्मेदवार महेन्द्र लिम्बु विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर