फुङलिङ नगरपालिका अपडेट : ९ ओटा वडाको गणना सकियो, करिब २००० ले अमिर मादेनको अग्रता कायमै - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा गठबन्धनका उमेद्वार अमिर मादेनले १ हजार ९ सय ९७ मतले अग्रता कायमै राख्नु भएको छ । ११ ओटा वडा रहेको नगरपालिकामा ९ ओटा वडाको गणना सम्पन्न भएको छ भने २ ओटाको गणना जारी रहेको छ ।

हालसम्म गठबन्धन्बाट नेपाली कांग्रेसका मेयर पदका उमेद्वार अमिर मादेनले ५ हाजर ३ सय ३३ प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँको प्रतिष्पर्धी छत्रपति प्याकुरेल (नेकपा एमाले)ले ३ हजार ३ सय ३६ मत प्राप्त गर्नू भएको छ ।

यस्तै उपमेयर पदका लागि नेकपा एमालेका उमेद्वार भीमादेवी ओझाले ३ हजार ६ं सय मत पाउनु भएको छ । गठबन्धनका उमेद्वार बमबहादुर भट्टराई (माओवादी केन्द्र)ले ३ हजार ३ सय ५२ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर २ सय ४८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय