बालेनको हारजितमा खसी बाजी राख्ने खोटाङका दुई जना पक्राउ - Epathivara

खोटाङ : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहको हारजितमा खसी बाजी राख्ने खोटाङका दुई जना पक्राउ परेका छन् ।

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का विजय फूयाल र सोही ठाउँका रमेश खड्कालाई प्रहरीले आज अपरान्ह पक्राउ गरेको हो। उनीहरूलाई दिक्तेलबजारबाट पक्राउ गरिएको डिएसपी उमेश लम्सालले जानकारी दिए । उनीहरूलाई सट्टेबाजीको कसुरमा नियन्त्रणमा लिएर सत्यतथ्य अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताए। सट्टेबाजी पुष्टि भएमा वर्ष दिनसम्म कैद हुने कानुनी व्यवस्था छ ।

 

बालेन्द्रले चुनाव जितेमा रमेशले विजयलाई २८ केजीको खसी दिने र बालेन्द्र हारेमा विजयले रमेशलाई २८ केजी मासु बराबरको रकम भुक्तानी दिने भनि उनीहरूले कागज गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय