पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा नेकपा एमाले अग्रता कायमै रहेको छ । हालसम्म ४ ओटा मतगणना सम्पन्न हुँदा नेकपा एमालेका दिपेन पोमुले २ हजार ३ सय ५३ मत प्राप्त गर्नु भएको छ । पोमुका प्रतिष्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका विश्वनाथ सिटौलाले २ हजार ८६ मत ल्याउनु भएको छ । उहाँहरुबीचको मतान्तर २ सय ३७ रहेको छ ।
यस्तै उपाध्यक्षमा समेत नेकपा एमालेकी शान्ता कुमारी आङबुहाङले अग्रता कायम राख्नु भएको छ । उहाँले २ हजार १ सय ७३ मत पाउँदा गठबन्धनबाट माओवादी केन्द्रका प्रजिन हाङवाङले १ हजार ९ सय ८३ मत प्राप्त गर्नु भएको छ । उहाँहरुबीचको मतान्तर १ सय ९० रहेको छ । अब १ नं. वडा निगुरादिनको मतगणना सुरु गर्ने तयारी भईरहेको छ ।