ताप्लेजुङको सिदिङवाको उपाध्यक्षमा स्वतन्त्र र गठबन्धनका उमेद्वारबीच प्रतिष्पर्धा, १ मतले ताम्लिङको अग्रता - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको उपाध्यक्षमा स्वतन्त्र र गठबन्धनका उमेद्वारबीच प्रतिष्पर्धा भईरहेको छ ।

स्वतन्त्र उमेद्वार जीवन ताम्लिङले १ हजार ६ सय ९१ र गठबन्धनबाट माओवादीका बन्दना कडरियाले १ हजार ६ सय ९० मत प्राप्त गर्नुु भएको छ । उहाँहरुबीच १ मतको मात्रै फरक छ । यसअघिको गणनाबाट कडरियाले अग्रता कायम गर्नू भएको थियो । त्यस्तै पालिका प्रमुखमा नेकपा एमालेका मान बहादुर राईले अग्रता कायमै राख्नु भएको छ । राईले २ हजार २ सय ४८ मत प्राप्त गर्दा गठबन्धनबाट नेपाली कांग्रेसका प्रदिप राईले १ हजार ६ सय ४४ मत पाउनुभएको छ । अहिले वडा नं. ५ लिम्बुदिनको ३ सय मतगणना सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर