पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा गठबन्धनका उमेद्वार अमिर मादेनले १ हजार ८ सय भन्दा बढीले अग्रता कायमै राख्नु भएको छ ।
११ ओटा वडा रहेको नगरपालिकामा ७ ओटा वडाको गणना सम्पन्न भएको छ भने २ ओटाको गणना जारी रहेको छ । हालसम्म गठबन्धन्बाट नेपाली कांग्रेसका मेयर पदका उमेद्वार अमिर मादेनले ४ हाजर ९ सय ५३ प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँको प्रतिष्पर्धी छत्रपति प्याकुरेल (नेकपा एमाले)ले ३ हजार १ सय ४६ मत प्राप्त गर्नू भएको छ ।
यस्तै उपमेयर पदका लागि नेकपा एमालेका उमेद्वार भीमादेवी ओझाले ३ हजार ४ सय७ मत पाउनु भएको छ । गठबन्धनका उमेद्वार बमबहादुर भट्टराई (माओवादी केन्द्र)ले ३ हजार १ सय ४६ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर २ सय ६१ रहेको छ ।