पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा नेकपा एमालेका सन्तोष चाम्लिङ राईले अग्रता लिनुभएको छ । उहाँले २ हजार २ सय ५ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका लालकृष्ण चौहानले २ हजार ३९ मत ल्याउनु भएको छ । उहाँहरुबीचको मतान्तर १ सय ६६ रहेको छ ।
यस्तै पालिका उपाध्यक्षका लागि गठबन्धनबाट माओवादकिा चित्र माबोले २ हजार २ सय ४५ मत प्राप्त गर्नु भएको छ । माबोका प्रतिष्पर्धी नेकपा एमालेका तुलसा बस्नेतले १ हजार ७ सय ६१ मत ल्याउनु भएको छ । उहाँहरुबीचको मतान्तर ३ सय ८४ रहेको छ ।