ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवामा नेपाली कांग्रेसका सदन कुमार साँवा विजयी - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ साँवामा नेपाली कांग्रेसका सदन कुमार साँवा विजयी हुनु भएको छ ।

 

साँवामा गठबन्धनबाट प्यानल नै विजय भएका हुन् । वडाध्यक्षमा विजयी हुनु भएका साँवाले नेकपा एमालेका भीम थलङलाई ५२ मतले पछि पार्नु भएको छ । थलङले ५ सय ११ मत प्राप्त गर्नुभएको थियो । मिक्वाखोलाको ४ ओटा वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेका दिवस लिवाङले १ हजार ७ सय १० मत प्राप्त गरेर अग्रता लिनुभएको छ । त्यस्तै उपाध्यक्षमा गबन्धनबाट माओवादी केन्द्रका डण्डु लामाले १ हजार ६ सय ४९ मत प्राप्त ल्याएर अग्रस्थानमा रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर