पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा नेकपा एमालेका दिवस लिबाङले अग्रता लिनु भएको छ । ५ ओटा वडा रहेको पालिकामा हालसम्म ४ ओटा वडाको मतगणना सम्पन्न भएको छ । लिबाङले १ हजार ७ सय १० मत प्राप्त गर्नु भएको छ भने प्रतिष्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका भक्त कार्कीले १ हजार ६ सय ३९ मत पाउनु भएको छ । उहाँहरुबीचको मतान्तर ७१ रहेको छ ।
यस्तै उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका डण्डु लामाले १ हजार ६ सय ४९ मत प्राप्त गरेर अग्र स्थानमा रहनु भएको छ । लामाका प्रतिष्पर्धी नेकपा एमालेबाट मीना केदेमले १ हजार ५ सय ६४ मत प्राप्त गर्नु भएको छ । उहाँहरुबीचको मतान्तर ८५ रहेको छ । अब ५ नं. वडा पापुङको मतगणना हुन बाँकी रहेको छ ।