पाँचथरको हिलिहाङमा समर अधिकारीको ३४१ मतको अग्रता - Epathivara

पाँचथर । हिलिहाङ गाउँपािलकामा कांग्रेस नेतृत्वमा रहेको गठबन्धनले अग्रता बढाउदै लगेको छ । अध्यक्षमा गठबन्धनका तर्फ कांग्रेसका समर बहादुर अधिकारी ३८९० मत प्राप्त गरेका छन् ।

एमालेका भुवानी प्रसाद लिङदेन ३५४९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनका तर्फका नेकपा एसका भवानी प्र लिङदेनले ३५५३ मत प्राप्त गरेका छन् । एमालेकी सुमित्रा सेढाईले ३३९२ मत प्राप्त गरेकी छिन् ।

हिलिहाङमा १,२,३,४,५ र ६ नम्बर वडाको मत गणना सम्पन्न भइसकेको छ । अब ७ नम्बर गणना हुन बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय