पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा गठबन्धनका उमेद्वार अमिर मादेनले अग्रता कायमै राख्नु भएको छ ।
११ ओटा वडा रहेको नगरपालिकामा ७ ओटा वडाको गणना सम्पन्न भएको छ भने २ ओटाको गणना जारी रहेको छ । हालसम्म गठबन्धन्बाट नेपाली कांग्रेसका मेयर पदका उमेद्वार अमिर मादेनले ४ हाजर ५ सय १६ प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँको प्रतिष्पर्धी छत्रपति प्याकुरेल (नेकपा एमाले)ले २ हजार ८ सय ३१ मत प्राप्त गर्नू भएको छ । उहाँहरुबीचको मतान्तर १ हजार ५ सय ८५ रहेको छ ।
यस्तै उपमेयर पदका लागि नेकपा एमालेका उमेद्वार भीमादेवी ओझाले ३ हजार १ सय ९५ मत पाउनु भएको छ । गठबन्धनका उमेद्वार बमबहादुर भट्टराई (माओवादी केन्द्र)ले २ हजार ९ सय २३ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर २ सय ७२ रहेको छ ।
हाल फुङलिङ नगरपालिका ४ र ७ को मतगणना जारी रहेको छ । यसवडाका सम्पन्न भएपछि बाँकी रहेका वडा नं. ५ र ६ को गणना गर्ने पनि तयारी भईरहेको छ ।