पाथीभरा याङवरक अपडेट : ३ ओटा वडाको गणना सकियो, नेकपा एमालेको अग्रता कायमै - Epathivara

पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा नेकपा एमालेका प्यानल नै अग्रस्थानमा रहेका छन् ।

 

पाथीभरा याङवरक गाउँपालिकाको १ देखि ३ सम्मको मतगणना सम्पन्न हँुदा नेकपा एमालेको अग्रतामै रहेको छ । पालिका प्रमुखका उम्मेद्वार नेकपा एमाले केशर कुमार सुब्बाले १ हजार ९ सय ५० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिष्पर्धी गठबन्धनका उमेद्वार राम थेवेले १ हजार ७ सय ९३ मत प्राप्त गर्नु भएको छ । उहाँहरुबीचको मतान्तर १ सय ५७ रहेको छ ।

 

यस्तै उपाध्यक्ष पदका उमेद्वार नेकपा एमालेका रन माया गुरुङले २ हजार २ सय ९ मत प्राप्त गर्दा अर्का प्रतिष्पर्धी गठबन्धनका उमेद्वार कुमार लिम्बूले १ हजार ४२ मत ल्याउनु भएको छ । लिम्बू र गुरुङबीचको मतान्तर १ हजार १ सय ६७ सय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर