पाथीभरा संवाददाता
ताप्लेजुङ, जेठ २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका ३ तिरिङगेमा नेकपा एमाले र राप्रपा गठबन्धनको प्यानल नै विजयी भएको छ ।
पुर्ण बहादु तिवारीले ५ सय २० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिष्पर्धी गठबन्धनका भीम बहादुर बस्नेतले २ सय ८० मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर २ सय ४० रहेको छ । वडासदस्यमा रञ्जु लिम्बू, जसोदा नेपाली, धनबहाुदर बस्नेत र मिलन लिम्बू निर्वाचित हुनु भएको छ । तिरिङगेमा ८ सय २६ मत खसेको थियो ।
पाथीभरा याङवरक गाउँपालिको १ नं. वडादेखि ३ नं वडासम्मको गणना सम्पन्न हुँदा पालिका प्रमुखका उमेद्वार नेकपा एमालेका केशर कुमार सुब्बाले १ हजार ९ सय ५० मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिष्पर्धी गठबन्धनका रामकुमार थेवेले १ हजार ७ सय ९३ मत पाउनु भएको छ । उहाँहरुबीचको मतान्तर १ सय ५७ रहेको छ । पालिका उपप्रमुखका लागि नेकपा एमालेका रनमाया गुरुङले २ हजार २ सय ९ मत प्राप्त गर्दा गठबन्धनतर्फका भीम बहादुर बस्नेतले २ सय ८० मत पाउनु भएको छ ।