तेह्रथुमको आठराई चुहानडाँमा एमाले-माओवादी गठबन्धनलाई हराउँदै काँग्रेसको प्यानल विजयी - Epathivara

तेह्रथुम । आठराई ६ चुहानडाँडामा नेकपा एमाले र माओवादी केन्द्रक‍ो गठबन्धनलाई हराउँदै नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।

 

नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद बास्कोटाले एमाले- माओवादी गठबन्धनका वडा अध्यक्षका उम्मेदवार अनिल चन्द्र कन्दङवालाई १ सय १६ मतले पछि पार्दै वडा अध्यक्षमा विजयी बनेका छन् । १ हजार ५ सय ७६ मतमा बास्कोटाले ८ सय ३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमाले-माओवादी गठबन्धनका उम्मेदवार कन्दङवाले ६ सय ८७ मत प्राप्त गरे ।

 

वडा नम्बर १ संक्रान्तिबजारको वडा अध्यक्षमा नेकपा एमालेका प्रेमराज लिम्बू विजयी भएका छन् । वडा नम्बर २ खाम्लालुङको वडा अध्यक्षमा नेपाली काँग्रेसका भिमबहादुर लिम्बू विजयी भएका छन् । वडा नम्बर ३ ह्वाकूको वडा अध्यक्षमा बुद्धि मान गुरूङ विजयी भएका छन् । वडा नम्बर ४ ईवाको वडा अध्यक्षमा खगेन्द्र गुरूङ विजयी भएका छन् । वडा नम्बर ५ छातेढुंगाको वडा अध्यक्षमा विष्णुप्रसाद ओली विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर