तेह्रथुम । नेकपा एमाले अध्यक्ष केपी ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिका एमालेको लालकिल्ला भत्किएको छ ।
गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसले ६ सय ८४ मतान्तरले विजयी भएको छ । उपाध्यक्षमा माओवादी केन्द्र १० मतान्तरले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका दिलकुमार पाहिम विजयी भएका हुन । उपाध्यक्षमा माओवादी केन्द्रका बलिराज ईङनाम विजयी भएका हुन ।
अध्यक्षमा पाहिमले ४ हजार ६ सय ९२ मत प्राप्त गरे । उपाध्यक्षमा ईङनामले ४ हजार ८० मत प्राप्त गरे । एमालेका रामचन्द्र थपलियाले अध्यक्षमा ४ हजार ८ मात्रै प्राप्त गरे । एमालेकि रूपादेवि कन्दङवाले उपाध्यक्षमा ४ हजार ७० प्राप्त गरिन ।