ताप्लेजुङको दुई ओटा पालिकाको मतगणना सम्पन्न, दुवै ठाउँमा गठबन्धनका उमेद्वार विजयी - Epathivara

कष्ण फुरुम्वो लिम्बू
ताप्लेजुङ, जेठ २ गते । ९ ओटा स्थानीय तह रहेको ताप्लेजुङको २ ओटा पालिको मत गणना सम्पन्न भएको छ । फक्ताङलुङ गाउँपालिका र मेरिङदेन गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादीका राजन लिम्बूले २ हजार ६ सय ३२ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिष्पर्धी नेकपा एमालेका सरोज एभेङ लिम्बूले २ हजार २ सय ५० मत ल्याएर पराजित हुनु भयो । ७ ओटा वडा रहेको फक्तङलुङ गाउँपालिकामा एउटा वडामा निर्विरोध चयन भएको थियो भने नेकपा एमालेले २, नेपाली कांग्रसले २ र माओवादी केन्द्रलले २ ओटा वडामा विजय हासिल गरेको छ ।

यस्तै मेरिङदेन गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका डम्बर हाङगाम लिम्बूले २ हजार ८ सय ६९ मत प्राप्त गरेर विजय हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका केदारजंग लिम्बूले २ हजार ७ सय ७० मत ल्याएर पराजित हुनु भएको छ । पालिका उपाध्यक्षमा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका दुर्गाप्रसाद श्रेङले २ हजार ५ सय ९८ मत प्राप्त गरेर विजय हुनु भएको थियो भने स्वतन्त्र उमेद्वार दावाछिरिङ शेर्पाले १ हजार ६ सय ५७ मत ल्याएर पराजित हुनु भयो । ६ ओटा वडा रहेको मेरिङदेनमा ४ ओटामा नेकपा एमाले र एक–एक ओटा वडामा नेपाली कांग्रस र नेकपा एकिकृत समाजवादीका उमेद्वार विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय